एजेन्सी । लिभरपुलका गोलकिपर एलिसन बेकर 'युईएफए गोलकिपर अफ दि सिजन' घोषित भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार एलिसनलाई गोलकिपर अफ दि सिजन अवार्ड प्रदान गरेको हो ।
युरोपियन क्लब फुटबलमा उत्कृष्ट गोलकिपर घोषित हुँदै एलिसनले गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।
युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा एलिसनलाई अवार्ड दिएको हो ।
ब्राजिलियन गोलकिपर एलिसनले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।