एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत बुल्गेरिया र कोसोभोविरुद्धको खेलका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
इंग्ल्याण्डले बिहिबार बुल्गेरिया र कोसोभोसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टोलीमा दुई खेलाडी पहिलो पटक टिममा परेका छन् ।
इंग्ल्याण्डले घोषणा गरेको टिममा म्यानचेस्टर युनाईटेडका डिफेन्डर आरोन वान बिसाका र एस्टन भिल्लाका डिफेन्डर ट्यरोने मिन्ग्सले पहिलो पटक टिममा स्थान बनाएका छन् । विंगर केली वाल्कर भने टिमबाट बाहिरिएका छन् ।
गोलकिपर : टोम हिटन, जोर्डन पिक्फोर्ड, निक पोप
डिफेन्डर : ट्रेण्ड आर्नोल्ड, बेन चिल्वेल, जोय गोमेज, माइकल किन, ह्यारी मागुएरे, ट्यरोने मिन्ग्स, आरोन वान बिसाका, ड्यानी रोस, केइरण ट्रीपिअर
मिडफिल्डर : रोस बार्क्ली, जोर्डन हेण्डरसन, मासोन माउण्ट, एलेक्स चाम्बरलिन, डिक्लन राइस, ह्यारी विंक्स
फरवार्ड : ह्यारी केन, जिसस लिन्गार्ड, मार्कोस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, कलुम विल्सन,