पोखरा । राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य राजेश गुरुङले सहारा एकेडेमीको खेल मैदान निरिक्षण गरेका छन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा प्रशिक्षण मैदानको रुपमा रहेको एकेडेमीको मैदान सदस्य गुरुङले बिहिबार निरिक्षण गरेका हुन् ।
पोखरा दोविल्लास्थित एकेडेमीको खेल मैदान निरिक्षण गर्न पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयूक्त रहेको बताएका छन् ।
‘सहाराको खेल मैदान उपयूक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुन सुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन,’ सदस्य गुरुङले भने ।
सो अवसरमा प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारहरुको निर्माण तथा मर्मतका लागि यथासिघ्र पहल थाल्ने बताए ।
सागका क्रममा पोखरामा हुने सात खेल मध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधा सम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेको तर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघ संग समेत छलफल गर्ने बताए ।
सहारा एकेडेमीमा पुगेका राखेप सदस्य गुरुङले एकेडेमीमा रहेका कठिन परिस्थितीका बालकहरुसंग भेटघाट गर्दै उनले सहाराले दिएको सहारालाई जिवनमा नर्विसन आग्रह गरे ।
राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अबसरमा हालै यूके बाट नेपाल आएका सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए ।