बेलझुण्डी । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगको उपाधि बाँकेको धमबोझी क्लबले जितेको छ ।
बिहिबार भएको लिग चरणको अन्तिम खेलमा दाङको सक्सेस क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै बाँकेको धमबोझी च्याम्पियन बनेको हो ।
धमबोझीको जितमा रबी जीएम र याम बहादुरले एक एक गोल गरे । धमबोझीले एक आत्मघाती गोलको उपहार पाएको थियो । सक्सेसका नमराज खड्काले आत्मघाती गोल गरे । यस्तै सस्केसका गणेश नेपालीले दुई गोल फर्काए ।
जितसँगै धमबोझीले अपराजित रहदै प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै धमबोझीले २ लाख प्राप्त गर्यो । उपविजेता बनेको सस्केसले १ लाख प्राप्त गर्यो ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगितामा ६ जिल्लाका क्लबले सहभागिता जनाएका थिए ।