एजेन्सी । एन्टोनी ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोनाले हार ब्यहोरेको छ । मंगलबार भएको मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले स्पेनिस लिग विजेता बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो ।
प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका ग्रिजम्यानले डेब्यु खेल सुखद रहन सकेन । उनी यसै सिजन कीर्तिमानी मुल्यमा बार्सिलोना आएका थिए ।
टमी अब्राहमले ३४ औ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । रोस बार्कलीले ८१ औ मिनेटमा चेल्सीको अग्रता दोब्बर पारेका थिए ।
खेलको अन्तिम मिनेटमा ईभान राकिटिकले एक गोल फर्काएपनि बार्साको हार टार्न सकेनन् ।
प्रि–सिजनको टुर अन्तर्गत दुवै क्लबले मैत्रीपूर्ण फुृटबल खेलेका हुन् ।