• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पल्सर स्पोर्ट्स अवार्ड भोलि, काे बन्ला बर्ष खेलाडी ?
खेलपाटी संवाददाता
मंगलबार, असार १७, २०७६ खेलपाटी संवाददाता
पल्सर स्पोर्ट्स अवार्ड भोलि, काे बन्ला बर्ष खेलाडी ?

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको घोषणा (भोलि) मंगलबार हुँदैछ  ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार विशेष कार्यक्रमकाबीच अवार्डको घोषणा गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

यस्तै मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको समेत जनाएको छ ।

‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पुर्ण समितिका कामहरु लगभग सकिएका छन् । अवार्डको सम्पुर्ण तयारी पुरा भएको छ,’ अवार्ड कार्यक्रमको मुल आयोजक समारोह समितिका संयोजक तथा मञ्चका अध्यक्ष दुर्गा नाथ सुबेदी (देवेन्द्र) ले विज्ञप्तिमा भनेका छन् ।

मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।

यस पटक बर्ष उत्कृष्ट खेलाडी पुरुष, बर्ष उत्कृष्ट खेलाडी महिला, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गर्नेछ ।

मञ्चले अवार्डका लागि यसअघि नै विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन् ।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन् । विजेता घोषणा कार्यक्रममै हुनेछ ।

बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ । यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका छन् ।

यसैगरी अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र डिस मिडियाको एक्सन स्पोर्टसले गर्नेछ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता छ । यस्तै, सूर्य नेपाल प्रालि, रुस्लान, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, टर्किस एयरलाइन्स, साहस स्पोर्ट्स सह–प्रायोजकको रुपमा जोडिएका छन् ।

अवार्ड कार्यक्रमलाई इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत साथ रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP