• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
विश्व फुटबललाई चकित पार्न फेरी तयार 'आइसल्याण्ड'
खेलपाटी संवाददाता
बुधबार, जेठ ३०, २०७५ खेलपाटी संवाददाता
विश्व फुटबललाई चकित पार्न फेरी तयार 'आइसल्याण्ड'

एजेन्सी । बेलायती पत्रिका द गार्जियनले विश्वभर रहेका आफ्ना पाठकहरु माझ गरेको सर्वेक्षणमा आफ्नो देश बाहेक विश्वकपमा कसलाई समर्थन गर्छौ भनेर सोध्दा अधिकांशको उत्तर थियो 'आइसल्याण्ड ' । 

हो, आइसल्याण्डले अहिले विश्वबाट सहानुभूति बटुलिरहेको छ । किन त ?  क्षेत्रफल र जनसंख्या दुवै आधारमा विश्वकै सबैभन्दा साना मध्येको एक राष्ट्र हो आइल्याण्ड । तर, फुटबलमा निक्कै नै अब्बल, ठुला भनिएका राष्ट्रलाई माथ खुवाउने खुबि छ ।

आइल्याण्ड, जम्मा जम्मी तीन लाख जनसंख्या, अत्यन्तै चिसो भूगोल, फुटबल मैदानमा घास उमार्न कठिन ।  तर, फिफा बरियतालाई आधार मान्ने हो भने कित्रिम मैदान र इन्डोर अभ्यास हलको प्रयोग गरेरै आइसल्याण्ड विश्वकै २५ बलिया टिम मध्येका एक हो ।  

यो पटकको विश्वकपमा सहभागी देशमध्ये सबै भन्दा कम जनसंख्या भएको आइसल्याण्ड नै हो ।  तर, उसको लक्ष्य जनसंख्या र क्षेत्रफल जस्तो सानो छैन् । 

सन् २०१६ को युरो कपमा अन्तिम आठ सम्मको यात्रा गरेको आइसल्याण्ड रसियामा पनि त्यस्तै चमत्कार गर्ने लक्ष्यमा छ ।   फ्रान्स युरोमा तहल्का मच्चाउदा आइसल्याण्डको टिममा दुई प्रशिक्षक थिए,  लार्स लागेरब्याक र हेइमिर हलग्रिम्सन ।  तर, युरो लगत्तै लागेरब्याक नर्वेको राष्ट्रिय टोली सम्हाल्न गएपछि हलग्रिम्सन एक्लैले आइसल्याण्ड टिम हेरिरहेका छन् ।

विश्वकपका लागि खेलाडी छनौट गरिसकेपछि प्रशिक्षक हलग्रिम्सनले विश्वकपमा  समूह चरण पार गर्नु नै आइसल्याण्डको लक्ष्य रहेको बताएका थिए ।  तर, उनको टिमलाई लक्ष्य प्राप्ति त्यति सहज भने छैन  । 

समूह 'डि' मा रहेको आइसल्याण्डले लियोनल मेस्सीको अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया जस्ता बलियो टोलीको सामना गर्नेछ ।  त्यसो त विश्वकप छनौट चरण मै आइसल्याण्डले युरोपेली प्रतिद्वन्दी क्रोएसियाको सामना गरेको थियो, छनौटमा आइसल्याण्डले एक जित र एक हारको नतिजा निकालेको थियो  ।  छनौट चरणमा आइसल्याण्ड रहेको समूह त्यति सजिलो भने थिएन ।  तर,  क्रोएसिया, टर्की र युक्रेन रहेको समूहमा आइसल्याण्ड पहिलो स्थानमा रहदै रसिया यात्रा तय गर्न सफल भएको थियो ।  

हलग्रिम्सन आइसल्याण्डको एकल प्रशिक्षक भएपछी खेल्ने शैलीमा केहि परिवर्तन गरेका छन् ।  पहिले  ४-४-२ को रणनितिमा खेल्ने आइसल्याण्डले अहिले ४-५-१ को प्रयोग गर्छन् ।

आइसल्याण्डको सबै भन्दा सबल पक्ष भनेको डिफेन्स हो ।  बलिया प्रतिद्वन्दीबिरुद्द खेल्दा सधै पाँच डिफेन्डरका साथ् खेल्ने आइसल्याण्डले रुसमा पनि त्यहि रणनीति अबलम्बन गर्न सक्छ ।  काउन्टर अट्याक र आपासी तालेमल आइसल्याण्डको बलियो हतियार हुन् ।

लामो पास तथा सेट पिसमा आइसल्याण्डका खेलाडीहरु माहिर छन् । बिशेषगरी गिल्फी सिगर्ड्सन र जोहान बर्ग गौमोण्ड्सन।  तर,  चोटका कारण एभर्टनका सिगर्ड्सन विश्वकपको कति दिन अगाडी तयार हुन्छन भन्ने एकिन छैन ।  आइसल्याण्डका लागि मिडफिल्डमा सिगर्ड्सन र  गौमोण्ड्सनको तालमेलले ठुलो अर्थ राख्नेछ।  त्यस्तै कप्तान आरोन गुनरर्सन टोलीको अर्का महत्वपुर्ण सदस्य हुन् जसले डिफेन्सलाई मिडफिल्डबाट मद्धत गर्छन । 

हान्नेस थोर हाल्दर्सन आइसल्याण्डका लागि पछिल्ला छ बर्ष देखि गोलपोस्ट सम्हाल्दै आएका खेलाडी हुन् । उनका अगाडी दुइ मिल्ने साथि कारी अर्नासन र राग्नर सिगुर्ड्सन सेन्ट्रल डिफेन्समा रहनेछन् ।  यी दुइ भेट्रान खेलाडीको तालमेल र प्रदर्शनको खुब तारिफ भएको थियो  फ्रान्स युरोमा ।

इन्ग्लिश क्लब रिडिङ्गबाट खेल्ने जोन डाडि बुभरसन, जर्मन क्लब असबर्गका अल्फ्रेड फिन्बोगासोनं र बेरग्मान सिगोर्डासोन ली आइसल्याण्डको अग्रपंगती सम्हाल्ने छन्। 

विश्व फुटबल को मानचित्र मा बिस्तारै आफ्नो छाप  छोढ्दै गैरहेको आइसल्याण्डले यो विश्वकपमा कुन स्तरको प्रदर्शन गर्छ हेर्न बाकि नै छ ।  तर, विश्वकपमा उपाधि दाबेदार मानिएका बलिया देश बाहेक अन्य कसैको प्रदर्शनको व्यग्य प्रतिक्षा छ भने त्यो आइसल्याण्ड कै हो ।  

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP