मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Loading ad...
Bhat Bhateni Supermarket Ad

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

बुधबार, ०९ श्रावण २०७५खेलपाटी संवाददाता
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
Loading ad...
mustang rice ad

एजेन्सी । विश्वकप विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डको गोल रुस विश्वकप फुटबल कै उत्कृष्ट गोल चुनिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाभार्डको गोल रुस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको छ ।

कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै पाभार्डको गोल उत्कृष्ट चुनिएको हो । फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो ।

रुसमा सम्पन्न विश्वकपको ६४ खेलमा कुल १६९ गोल भएको थियो । फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो । जसमा पाभार्डको गोलले बाजी मारेको हो ।

विश्वकप अन्तर्गत अर्जेन्टिनाविरुद्धको प्रि क्वाटरफाइनल खेलमा पाभार्डले हाफ भली गोल गरेका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको लामो सुट निकै सुन्दर तरिकाले गोलमा परिणत भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो ।

रुस विश्वकपमा आफ्नो उत्कृष्ट गोल चुनिएपछि पाभार्डले स्ट्राइकरले सल्लाह दिएअनुसार प्रहार गर्दा  गोल भएको बताए । विश्वकप विजेता २२ बर्षे पाभार्डले फिफासंग भनेका छन्, 'बल उर्फदै म तर्फ आयो । मैले योबारे खासै केहि सोचिन् तर जुन दिशाबाट बल आइरहेको मैले त्यहि दिशामा हिर्काउन ट्राइ गरे । जुन मलाई सधै स्ट्राइकरले भन्ने गर्थे । त्यसपछि मैले केहि सोच्न सकिन । जब बलले दिशा लियो मलाई खुशी लाग्यो ।'

पाभार्ड सन् २००६ पछि विश्वकपमा उत्कृष्ट गोल गर्ने पहिलो युरोपियन खेलाडी समेत हुन् ।

भोटिङमा क्विनटेरोको गोल दोस्रो र मोड्रिचको गोल तेस्रो बनेको छ । क्विनटेरोले जापानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए । यस्तै मोड्रिचले अर्जेन्टिनाविरुद्ध लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए ।

रुस विश्वकपको उत्कृष्ट गोलको सुचिमा स्पेनका नाचो, जर्मनीका टोनी क्रुस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका एन्जल डी मारिया लगायतका खेलाडी गोल मनोनयनमा परेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो

पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित