चौदण्डी गढीको लगातार दोस्रो जित
शुक्रबार, असार ६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा बिहिबार हेटौडा उपमहानगरपालिकालाई ५-२ गोल अन्तरले पराजित गर्दै चौदण्डीले दोस्रो जित निकालेको हो ।
चौदण्डीको जितमा अनुष्का शेर्पाले २ गोल गरिन् । यस्तै मनिका राई, सावित्रा प्रजा र सरस्वती चौधरीले एक एक गोल गरिन् । हेटौडाकी पुजा लोप्चन र सुजिता बोम्जनले एक एक गोल गरिन् ।
यसअघि बुधबार भएको पहिलो खेलमा चौदण्डीले पोखरा महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।
जितसंगै समूह 'बी' को चौदण्डीले २ खेलबाट ६ अंक जोडेको छ । र, चौदण्डी समूहको शीर्ष स्थानमा रहेको छ । पराजित हेटौडाले २ खेलमा अंक जोड्न सकेको छैन ।







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
