एजेन्सी । स्पेनिस फुटबल टोलीका प्रशिक्षक फर्नान्डो हियरोले पदबाट राजिनामा दिएका छन् । रुस विश्वकप फुटबलको पुर्वसन्ध्यामा स्पेनिस टोलीको प्रशिक्षक बनेका हियरोले विश्वकप नसकिदै राजिनामा दिएका हुन् ।
रुसमा जारी विश्वकप फुटबलबाट बाहिरिएको एक साता नबित्दै प्रशिक्षक हियरोले राजीनामा दिएका हुन् । स्पेनलाई रुस विश्वकपको अन्तिम १६ भन्दा माथि लैजान नसकेपछि उनले राजिनामा दिएका हुन् ।
रुस विश्वकपको अन्तिम १६ मा रुस आयोजकसंग पेनाल्टी सुटआउटमा ४-३ ले स्तब्ध भएको थियो । अब उनले पुरानै स्पोर्ट्स डिरेक्टरको भूमिका निभाउने छन् ।
स्पेनिस फुटबल फेडेरेसनले विश्वकपको अघिल्लो दिन प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्दै ५० बर्षिय हियरोलाई टिम सम्हाल्ने जिम्मा दिएको थियो ।