मनितालाई थाइल्याण्डमा कांस्य
आइतबार, असार १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली मनिता श्रेष्ठ प्रधानले थाइल्याण्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् ।
थाइल्याण्डको चियाङ माइमा मनिताले महिला ५७ केजीमुनि कांस्य जितेकी हुन् । पहिलो चरणमा बाई पाएर दोस्रो चरणमा पुगेकी मनिता भियतनामकी खेलाडीसँग वाजारीको आधारमा पराजित हुँदै रिपाचे चरणमा पुगेकी थिईन् ।
रिपाचेमा चीनकी खेलाडीलाई सिमेवाजामा पराजित गरिन् र कांस्य पदकको लागि भएको प्रतिस्पर्धामा हङकङकी खेलाडीलाई २ वटा वाजारीमा पराजित गर्दै मनिताले कांस्य जितिन् ।
प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)







