अन्जली फाइनलमा
शुक्रबार, जेठ १०, २०७६खेलपाटी संवाददाता
काठमाडौं । आयोजक दीलिप स्मृति प्रतिष्ठानकी अन्जली तामाङ तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको महिला ५८ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेकी छन् ।
अन्जलीले फाइनलमा विश्व निकेतनकी मनीषा मगरसंग प्रतिस्पर्धा गर्ने छिन् । महिला २७ केजीमा आयोजककी करुणा ढुंगाना, ३० केजीमा आयोजककी कृतिका कार्की र ४३ केजीमा आयोजककै रिना लामा फाइनलमा पुगे । पुरुष १९ केजीमा आयोजकका तनिश बस्नेत र ३० केजीमा आयोजककै किरण तामाङले फाइनलमा स्थान सुरक्षित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको दुईदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।








-1753017726.jpeg&w=3840&q=75)




-1761130437587.jpg&w=3840&q=75)


