शेर्पालाई टर्किस एयरलाइन्स गल्फको उपाधि
शनिबार, बैशाख २८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । बाबु शेर्पाले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप काठमाडौं छनोटको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार काउन्ट ब्याकको आधारमा उपाधि जितेका हुन् । ओला तेन्जिङसंग समान ४२ अंक जोडेपछि काउन्ट ब्याकमा बाबुले उपाधि जितेका हुन् ।
उपाधिसंगै शेर्पा टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपका लागि छनोट भएका छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ ।
टर्किस एयरलाइन्सको आयोजनामा भएको प्रतियोगितामा टासी छिरिङले बेष्ट ग्रसको उपाधि जिते । मिथुन राईले पुरुष र महिलातर्फ रेखा घिमिरेले क्लोजेस्ट टु द पिन उपाधि जिते ।






-1761584666208.jpeg&w=3840&q=75)






-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)
