बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण

सोमबार, ०९ बैशाख २०७६खेलपाटी संवाददाता
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण
Loading ad...
mustang rice ad

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

नेपालगञ्जमा सोमबार आर्मीका एलेक्सले १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाए । स्वर्ण जित्ने क्रममा एलेक्सले निर्धारित दुरी ५५ दशमलब ३८ सेकेण्डमा पुरा गरे । उनले शिरिष गुरुङको नाममा रहेको ५७ दशमलब ०३ सेकेण्डको कीर्तिमान भङ गरे । 

यस स्पर्धामा पुलिसका शयद हम्जा शाहले ५७ दशमलब १० सेकेण्डसहित रजत र आर्मीका अनुभव सुब्बाले ५७ दशमलब ९७ सेकेण्डको समयसहित कास्य जिते ।

यस्तै पुलिसका शयद हम्जाले पुरुष ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा सायद हम्जाले २७ दशमलब १० सेकेण्डको समय निकाले । उनले आर्मीका अनुभव सुब्बाको नाममा रहेको २७ दशमलब ७१ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई भंग गरे ।

यस स्पर्धामा अनुभवले २७ दशमलब ३१ सेकेण्डको समय निकाल्दै रजत जिते । उनले पनि आफ्नो कीर्तिमानमा सुधार गरे  । २९ दशमलब ८२ सेकेण्डको समयसहित एपीएफका तेन्जिङ गुरुङले कास्य जिते ।

पुरुष ४ सय मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण जिते । उनले ४ मिनेट ३३ दशमलब ०९ सेकेण्डको समय निकाले  । ४ मिनेट ३९ दशमलब ४७ सेकेण्डसहित एपीएफका नासिर हुसेनले रजत जित्दा ५ मिनेट ०१ दशमलब ५० सेकेण्डसहित एपीएफकै उर्गेन महर्जनले कास्य जिते । 

महिलातर्फ आर्मीकी गौरिका सिंहले दुई स्वर्ण जितिन्  । महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट सुन्य दशमलब  ६२ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । आर्मीकै सोफिया शाहले १ मिनेट ०३ दशमलब ७८ सेकेण्डको समयसहित रजत र एपीएफकी टीसा शाक्यले १ मिनेट ०३ दशमलब ९१ सेकेण्डसहित कास्य जितिन्  ।

महिला ५० मिटर बटरफ्लाईमा पनि गौरिकाले स्वर्ण हात पारिन । उनले ३३ दशमलब ०६ सेकेण्डको समय निकालिन । यस स्पर्धामा पुलिसकी अनुसिया तण्डुकारले ३४ दशमलब ६२ सेकेण्डसहित रजत र सृबी महर्जनले ३७ दशमलब ३० सेकेण्डको समय निकाल्दै कास्य जितिन ।

पुरुष २०० सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण जित्दा पुलिसका दीपानकर अवालेले रजत र प्रदेश १ का विकास कुमालले कास्य जिते ।

महिला  २०० सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले स्वर्ण जितिन् ।  आर्मीकै उपास्ती महर्जनले रजत र पुलिसका अदिप्सा बैद्यले कास्य जितिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित