टोकियो पारालिम्पिकको प्रशिक्षणमा नेपालका रेफ्री
सोमबार, २५ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । टोकियो सन् २०२० पारालिम्पिक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तराष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् ।
नेपालबाट छनोट हुने अशोक एक्लो निर्णायक हुन् ।
विभिन्न राष्ट्रका निर्णायक सहभागी हुने शिविर मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ ।
शिविरबाट अन्तिम ५२ निर्णायकको छनोट गरिने छ । उनीहरुले टोकियो २०२० पारालिम्पक गेम्समा निर्णायकको भूमिका निर्वाह गर्न पाउने छन् ।
अशोकले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतिस्पर्धालाई पनि निरन्तरता दिदै आएका छन् ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)