तेक्वान्दोको विशेष प्रशिक्षण सुरु
सोमबार, चैत १८, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । युके स्पोर्ट्सको सहयोग तथा नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु भएको छ ।
प्रशिक्षणमा तीन विभागीय टिम आर्मी,प्रहरी,एपीएएफ, सातै प्रदेश, केन्द्रसहित पारा खेलाडी गरी ५० जनाको सहभागिता रहेको छ ।
पाँचदिने प्रशिक्षणको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा युके स्पोर्ट्सकी अध्यक्ष एवं ओलम्पिकको रोविङमा ४ पटककी स्वर्ण विजेता डेम क्याथ्रिन ग्रेन्गरलगायतको उपस्थिति थियो ।








-1753017726.jpeg&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)

