आईटीएफ टोली मलेसियातर्फ
बिहिबार, चैत १४, २०७५खेलपाटी संवाददाता

काठमाडौं । प्रथम एसियाली प्यासिफिक आईटीएफ तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको सेलङगोर प्रस्थान गरेको छ ।
प्रतियोगितामा सविना श्रेष्ठ, दिनेश भण्डारी, कुशन घर्ती मगर, भूपेन्द्र रोका मगर, विमल घर्ती मगर र विपिन श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का अध्यक्ष अञ्जन धमला, निर्णायकमा रुपसिंह मोक्तान तामाङ र मेउगिता खतिवडा, अफिसियलमा अंकबहादुर घर्ती मगर तथा प्रशिक्षकमा विकल पौडेल र चन्द्रबहादुर तामाङ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र वरिष्ठ अधिकृत कमल खनालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मार्च २९ देखि ३१ तारिखसम्म हुनेछ ।








-1753017726.jpeg&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)

