निर्णायक नवीनको बढुवा
मंगलबार, १२ चैत्र २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् ।
थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको आधारमा बढुवा हुने चलन रहेको नवीनले बताए ।
नवीन नेपाल तेक्वान्दो संघअन्तर्गतको निर्णायक कमिटीका संयोजकका साथै संघका सचिव पनि हुन् ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नवीनलाई सोमबार विश्व तेक्वान्दोबाट प्राप्त परिचय पत्र हस्तान्तरण गरे ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)