• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
माल्दिभ्सविरुद्व भारतको एकतर्फी जित
हिम बिक्रम केसी
बिहीबार, फागुन ३०, २०७५ हिम बिक्रम केसी
माल्दिभ्सविरुद्व भारतको एकतर्फी जित
बल अघि बढाउँदै भारतका खेलाडी (निलो जर्सीमा) । फोटो : रमेश सुबेदी / खेलपाटी

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको छ । विराटनगरको सहिद रंगशालामा भएको समूह बीको पहिलो खेलमा भारतले एकतर्फ जित निकालेको हो ।

खेलको सुरुवातबाटै आक्रमक देखिएको भारतले आठौं मिनेटमा अग्रता बनाएको थियो । माल्दिभ्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई भारतकी ग्रेस डाङमीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिईन् ।

१३ औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो । मिडफिल्डर ग्रेसको पासलाई सदुपयोग गर्दै फरवार्ड सन्धिया रङ्गनाथले गोल गरेकी थिईन् ।

२२ औं मिनेटमा ईन्दुमती काथिरसेनले तेस्रो गोल गरिन् । उनको कडा प्रहार गोलकिपरले रोक्न सकिनन् ।

२७ औं मिनेटमा सञ्जुले डिबक्सभित्रबाट प्रहार गरेको बलमा गोलकिपर मुखदर्शक रहिन् । उनले प्रहार गरेको बलले सिधै पोस्टको जाली चुमेको थियो ।

पहिलो हाफको ईन्जुरी समयमा रतनबाला देवीले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि पहिलो हाफमै भारत ५–० ले अगाडी बढेको थियो ।

दोस्रो हाफमा माल्दिभ्सविरुद्व निरन्तर दबाब बनाएको भारतले गोलका लागि अन्तिम समयसम्म पर्खन पर्यो । ९० औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० को जित दिलाईन् ।

दोस्रो हाफको अधिकांश समय भारतले माल्दिभ्सको पोस्ट निरन्तर आक्रमण बुनेको थियो । माल्दिभ्सले कुनैपनि समय भारतको पोस्टमा एउटा पनि गतिलो मुभ बनाउन सकेन ।

भारतीय टिमकी प्रशिक्षक मेमाेल नेडुगाडन रक्की खेलाडीकाे प्रर्दशनबाट खुसी देखिइन् ।

'खेलाडीकाे प्रर्दशनबाट खुसी छु । जब यस्ताे नतिजा निस्कन्छ, हरेक प्रशिक्षक खुसीनै हुन्छ ।' उनकाे कथन थियाे । 

दाेस्राे हाफमा बल पाेजिसनमा राख्दै खेल्न आग्रह गरेकाे भन्दै उनले खेलाडीले अपेक्षा अनुसारनै प्रर्दशन गरेकाे उल्लेख गरिन् । 

जितसंगै भारतले समूह बीमा ३ अंक जोडेको छ । भारतले आगामी आईतबार श्रीलंकासंग खेल्नेछ ।

यता माल्दिभ्सकी प्रशिक्षक आतिफ मोहमदले समेत खेलाडीकाे प्रर्दशनमा सन्तुष्टि जनाए ।

'नतिजाबाट सन्तुष्ट छु । अघिल्लाे चरण प्रवेशकाे सम्भावना छ । श्रील‌कालाइ हराएर अघि बढ्ने छाै ।' उनले भने ।  

गर्मी बढेपछि 'कुलिङ ब्रेक'

सहिद रंगशालमा भारत र माल्दिभ्स भिड्दै गर्दा तापक्रमले ३२ डिग्री सेल्सियस नाघेपछि रेफ्रीले कुलिङ ‘ब्रेक’ दिएका थिए। तापक्रमले ३२ डिग्री सेल्सियस नाघेपछि रेफ्रीले कुलिङ ‘ब्रेक’ दिन सक्ने प्रावधान छ । रेफ्रीले पहिलाे हाफकाे ३० औ मिनेटमा खेल रोक्दै कुलिङ ब्रेक दिएका थिए । उनले ३ मिनेट खेल रोकेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP