एजेन्सी । नेयमारलाई समावेश गर्दै ब्राजिलले विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलकालागि प्लेइङ ११ को घोषणा गरेको छ ।
प्रशिक्षक टिटेले सार्वजनीक गरेको प्लेइङ ११ मा नेयमारसंगै ग्याब्रियल जिससले समेत स्थान बनाएका छन् । प्रशिक्षक टिटेले पुरानै सेटलाई सर्वियाविरुद्धको खेलमा समेत निरन्तरता दिएका छन् ।
ब्राजिलको प्लेइङ् ११ मा एलिसन, फाग्नर, मिरान्डा, थियागो सिल्भा, मार्सेलो, पाउलिन्हो, क्यासमिरो, कउटिन्हो, विलियम, जेसस र नेयमार रहेका छन् ।