जोन्सद्वारा युएफसी लाइट हेबीवेटको उपाधि रक्षा
आइतबार, १९ फाल्गुण २०७५खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकन खेलाडी जोन जोन्सले युएफसी लाइट हेबीवेट च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । आइतबार भएको भिडन्तमा अर्का अमेरिकी खेलाडी एन्थोनी स्मिथलाई हराएर जोन्सले उपाधि रक्षा गरेका हुन् ।

लास भेगासस्थित टी-मोबाइल एरिनामा पाँच राउण्डसम्मै स्मिथलाई नियन्त्रणमा राख्दै जोन्सले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा जोन्सलाई तीन निर्णायकले समान ४८-४४ अंक दिएका थिए ।
उपाधिसंगै जोन्सले युएफसी फाइटमा १३ खेलको अपराजित यात्रा कायम राखेका छन् ।










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)