मेलिसाले हङकङमा प्रतिस्पर्धा गर्ने
बिहिबार, फागुन १६, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् ।
मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणकी स्वर्ण विजेता हुन् । त्यत्ति बेला मेलिसाले ग्योरोगीको ४५ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् ।
प्रशिक्षकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक मनोज खड्गी छन् । शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।








-1753017726.jpeg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)

