काठमाडौँ । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोली र भारतको मेघालयबीचको पहिलो हाफ बराबरीमा सकिएको छ ।
पहिलो हाफको खेल सकिदाँ नेपाल र मेघालयले १–१ को बराबरी खेलेका हुन् ।
खेलमा सुरुवाती अग्रता भने मेघालयनले लिएको थियो । उसका रोबर्ट खोङ्ग जोले खेलको १५ मिनेमा अग्रता दिलाएका थिए । नेपालका रेजिन सुब्बाले बराबरी गोल गरे । उनले राजिब लोप्चाङको पास सदुपयोग गर्दै गाेल गरेका थिए ।
एलएनआईपी रंगशालामा मेघालयविरुद्ध एन्फा यू–२१ टोलीको सुरुवाती खेल जित्दै तीन अंक जोड्न चाहन्छ ।
मेघालयविरुद्ध एन्फा यू–२१ टोली छिरिङ गुरुङको कप्तानीमा मैदान उत्रिएको छ ।
प्रतियोगितामा नेपाल समुह बी मा परेको छ । नेपाल सँगै समुह बीमा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा रहेका छन् । दोस्रो खेलमा त्रिपुरासँग नेपालले २१ तारिखमा खेल्नेछ ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले २३ तारिखका दिन अपरान्ह पौने ५ बजे मनिपुरसँग खेल्नेछ । चौथो खेलमा २४ तारिखमा अपरान्ह पौने ५ बजे मिजोरामसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा २५ तारिखमा अपरान्ह पौने ५ बजे नागाल्याण्डसंग खेल्नेछ ।
समुहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल २८ तारिका हुनेछ ।
नेपाली टोली :
गोलकिपर : सोजित गुरुङ
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन