काठमाडौं । राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द ईन्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने पक्का भएको छ । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुन एक सिजन समेत सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो ।
रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने भएको रोहितका ईन्डोनेसियन एजेण्ट रत्ना मिस्टिकाले खेलपाटीसंग बताईन् ।
रोहित गत सिजन ईन्डोनेसियन लिगमा बर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रर्दशनबाट प्रभावित क्लबले नयाँ सिजनपनि अनुबन्धनको ईच्छा देखाएको थियो । तर रोहितले आफ्नो प्रर्दशनका आधारमा आकर्षक सुविधाको माग गर्दै आएका थिए । रोहितको मागको कारण क्लबसंग उनको अनुबन्धनमा ढिलाई भएको थियो । तर अघिल्लो सिजन भन्दा राम्रो तलब वृद्वि गर्न क्लब सहमत भएपछि रोहिन पुन पर्सिजामा अनुबन्धन भएका हुन् ।
‘उनले पुन एक सिजन पर्सिजाबाट खेल्नेछन् । तलब सुविधाको बिषय दुवैले नखुलाउने सहमती भएको छ ।’ रोहितका दाजु रबिन चन्दले खेलपाटीलाई भने ।
ईन्डोनेसियाको लिगमा उच्च प्रर्दशन गरेपछि रोहितले थाईल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । तर पर्सिजाले आकर्षक प्रस्ताव गरेपछि रोहितले पुन पुरानै क्लबबाट ब्यावसायीक लिग खेल्ने निर्णय लिएका हुन् ।
‘थाईल्याण्ड लगायत अष्ट्रेलियाको क्लबहरुमा समेत उसको ट्रायलको बिषय चलिरहेको थियो । तर पर्सिजाले राम्रो प्रस्ताव गरेपछि पछिल्लो निर्णयमा पुगिएको हो ।’ रबिनले भने ।
क्लबसंग औपचारिक सम्झौता सहित एएफसी कपमा नाम दर्ता गर्न रोहित आजै बेलुका १० बजे ईन्डोनेसिया जादैछन् ।
लिग च्याम्पियनको रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्देछन् । एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय भोली सकिदैछ । सोही कारण रोहित आजै बेलुका ईन्डोनेसिया जान लागेका हुन् ।
रोहितले खेल्ने ईन्डोनेसियाको लिग भने आगामी अप्रिलबाट मात्र सुरु हुनेछ ।