काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिन भोली (बिहिबार) नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन पहिलो पटक नेपाल आउन लागेका हुन् ।
२०७० सालमा ए डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रुपमा काम गरेका कालिनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बनाउने निर्णय एन्फाले गरेको थियो ।
'उनी भोली नेपाल आईपुग्दैछन् । साँढे २ बजे विमानस्थलमा उत्रने कार्यक्रम छ ।' एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसंग भने । नेपाल आएलगत्तै नेपाली फुटबललाई अघि बढाउने बिषयमा एन्फासंग विस्तृत छलफल गर्ने कालिनले बताएका छन् ।
उनलाई करिब दुई बर्षका लागि एन्फाले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टिमको नेतृत्व गर्नछन् ।
२०७० सालमा ए डिभिजन क्लब मछिन्द्रबाट मुख्य प्रशिक्षकको रुपमा काम गरेका काहिलले सनसनीपुर्ण नतिजा निकालेका थिए । उनकै नेतृत्वमा मछिन्द्रले दोस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो ।
स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायीक प्रशिक्षण सुरु गरेका उनले सन् २०१० मा युईएफए ए डिप्लोमा गरेका छन् ।