प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

काठमाडौं। टी–२० विश्वकपमा बिहीबार अफगानिस्तान र क्यानडा भिड्दैछन्।
खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे चेन्नईको एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ। दुवै टोली सुपर आठको दौडबाट बाहिरिएका छन्। यो प्रतियोगिताको उनीहरूको अन्तिम खेल हुनेछ।
अफगानिस्तानले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ५ विकेटले पराजय भोगेको थियो भने त्यसपछि दक्षिण अफ्रिकासँग दोहोरो सुपर ओभरमा साँघुरो हार बेहोरेको थियो। अन्ततः युएईलाई ५ विकेटले पराजित गर्दै सिजनको आफ्नो पहिलो जित दर्ता गरेको थियो।
अर्कोतर्फ, दक्षिण अफ्रिका, युएई र न्युजिल्यान्डविरुद्धका तीनै खेल हारेको युएई अझै पनि आफ्नो पहिलो जितको खोजीमा छ। अफगानिस्तान र क्यानडाले टी–२० मा दुई पटक आमनेसामने भएका छन्। अफगानिस्तानले उक्त दुवै खेल जितेको छ।
टी–२० विश्वकपको इतिहास हेर्ने हो भने क्यानडाले ६ खेल खेलेको छ, जसमध्ये एउटा मात्र जितेको छ भने पाँच खेलमा हार बेहोरेको छ।
अफगानिस्तानले टी–२० विश्वकपमा ३३ खेल खेलेको छ, जसमध्ये १३ पटक जितेको छ भने २० पटक हारेको छ।









-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)



-1771411348886.jpeg&w=3840&q=75)