एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अहिले नाइजेरिया र अर्जेन्टिनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह डीमा रहेको नाइजेरिया र अर्जेन्टिना महत्वपूर्ण खेल खेल्न मैदान उत्रिएका हुन् । सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदान उत्रदा दुवै टोली आज गर या मरको स्थितिमा छ ।
समूह डी मा रहेका दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब छ । बराबरी खेलेमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ भने नाइजेरियाको भाग्य अर्को खेलमा निर्भर हुनेछ । तर, अर्जेन्टिनासँग बराबरी खेलेमा नाइजेरियाको दोस्रो चरणको यात्रा निकै बलियो हुनेछ ।
यो समूहबाट क्रोएसिया नकाउट चरणमा पुगिसकेको छ । त्यसैले नाइजेरिया र अर्जेन्टिनाबीचको खेलले यो समूहबाट दोस्रो चरण पुग्ने अर्को टोलीको तय हुनेछ ।