साबा प्रि क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित
मंगलबार, असार १२, २०७५खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा मंगलबारबाट सुरु भएको फिबा एसिया कप २०२१ को साबा प्रि क्वालिफायर प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
बंगलादेशको ढाकामा मंगलबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससंग पराजित भएको हो । नेपाललाई माल्दिभ्सले ६३ - ६० को स्कोरले हराएको हो । अब नेपालले बुधबार भुटानसँग खेल्ने छन् ।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, भु्टान र माल्दिभ्सले सहभागिता जनाएका छन् । प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोली डिभिजन टु्मा छनोट हुनेछ । डिभिजन टुको शीर्ष दुई भित्र पर्ने टोलीले अन्तिम चरणको छनोटमा प्रवेश पाउने छ ।












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)