पीएसजीको उत्कृष्ट पुनरागमन
-1771379804067.webp&w=3840&q=75)
काठमाडौं। मोनाकोका अमेरिकी फरवार्डफोलारिन बालोगुनले मंगलबार पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्धको च्याम्पियन लिग प्लेअफ खेलमा एक मिनेट नपुग्दै टोलीलाई अग्रता दिलाए।
यति मात्र होइन, पहिलो हाफको मध्यभागअघि नै दोस्रो गोल थपे। तर, उत्कृष्ट सुरुआतका बाबजुद मोनाको अन्ततः पराजित भयो। साविक विजेता पीएसजीले २–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३–२ को जित निकाल्यो र अर्को बुधबार पेरिसमा हुने दोस्रो लेगका लागि अग्रता बनायो। विजेताले अन्तिम १६ मा स्थान बनाउनेछ।
स्टेड लुई द्वितीय रंगशालामा खेल सुरु भएको ५५ सेकेन्डमै बालोगुनले बायाँतर्फबाट अलेक्जान्डर गोलोभिनले दिएको सटिक क्रसलाई हेडमार्फत गोलमा परिणत गरे।
१८औं मिनेटमा पीएसजीले बल गुमाएपछि माग्नेस आक्लिउशले रक्षापंक्तिभित्र उत्कृष्ट पास दिए, जसलाई बालोगुनले आत्मविश्वासका साथ गोलकिपर मात्भेई साफोनोभलाई छक्याउँदै जाली चुमाए र स्कोर २–० बनाए।
‘यो सकारात्मक सुरुआत थियो। यदि कसैले २० मिनेटभित्र २–० ले अगाडि हुन्छौं भनेको भए हामी स्वीकार्थ्यौं,’ बालोगुनले भने, ‘तर खेल कसरी सुरु हुन्छ भन्नेभन्दा कसरी सकिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ। हामी केही निराश छौं, तर अझै सम्भावना बाँकी छ र दोस्रो लेगमा ध्यान दिनुपर्छ।’
२४ वर्षीय बालोगुनका लागि यो सिजनको क्लबस्तरीय १०औं गोल थियो। उनी ६ वर्षअघि आर्सनलको टोलीमा छोटो समय देखिएका थिए। त्यसपछि मोनाकोमा आबद्ध भएका हुन्।
पहिलो हाफको अन्त्यतिर उनले ह्याट्रिक गर्ने अवसर पनि पाएका थिए। तर अग्रपंक्ति एक्लै सम्हाल्दा थकित देखिएका उनलाई ८३औं मिनेटमा Mika Biereth (मिक्का बिएरेथ) ले प्रतिस्थापन गरेका थिए।
शुक्रबार सिजनको छैटौं हार बेहोरेपछि टोलीभित्र दबाब बढेको थियो। त्यस क्रममा स्टार स्ट्राइकर उस्माने डेम्बेलेले सहकर्मीहरूको मनोवृत्तिप्रति असन्तुष्टि जनाएका थिए। सोही खेलमा डेम्बेले बायाँ पिँडुलोमा चोट लागेझैँ देखिएपछि पहिलो हाफमै बाहिरिएका थिए।
गत सिजन पीएसजीले प्लेअफमा ब्रेस्टलाई समग्रमा १०–० ले हराएको थियो। यद्यपि पीएसजी नै अग्रता बनाएको टोली भए पनि बालोगुन उलटफेर सम्भव रहेकोमा विश्वस्त छन्।
‘टाइ सकिएको सोचेर त्यहाँ जानु बिल्कुल गलत मानसिकता हुनेछ,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा राम्रो सुरुआत गर्नु हो। यदि हामीले पहिलो गोल गर्यौं भने स्कोर बराबरी हुन्छ। यो प्रतिस्पर्धा अझै खुला छ।’









-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
