आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता
नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !
mustang rice ad

काठमाडौं। ब्याटिङ क्षमतामा कुनै शंका नरहे पनि इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकको नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका छन्।

हालै अस्ट्रेलियामा भएको एशेज सिरिजमा भोगेको अपमानजनक नतिजासहित इङ्ल्यान्ड कठिन समयबाट गुज्रिरहेको छ। यही परिवेशमा इङ्ल्यान्डले आइतबार मुम्बईमा नेपालविरुद्ध खेल्दै आईसीसी टी–२० विश्वकपको सुरुआत गर्नेछ।

इङ्ल्यान्डका अलराउन्डर विल ज्याक्सले टी–२० कप्तान ह्यारी ब्रुकलाई खेलाडीहरूको शतप्रतिशत समर्थन रहेको बताएका छन्। हाल आलोचनाको घेरामा रहेका २६ वर्षीय ब्रुक पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा कप्तानी गरिरहेका छन्।

गत महिना न्युजिल्यान्ड भ्रमणका क्रममा नाइट क्लबका सुरक्षाकर्मीसँग भएको विवादमा संलग्न भएपछि ब्रुकले माफी मागेका थिए। यसलाई उनले ठूलो गल्ती स्वीकार गरेका छन्।

ब्रुकसँग यु–१९ टोलीदेखि सँगै खेलेका ज्याक्सले मुम्बईमा प्रशिक्षणअघि सञ्चारकर्मीहरूसँग भने,‘म न्युजिल्यान्डमा थिइन। त्यसैले घटनाबारे धेरै थाहा थिएन। तर, उनले गलत निर्णय लिएका हुन् भन्ने स्वीकार गरेका छन्। अहिले उनी मैदानमा सुधार गर्दैछन् र हामी सबैले उनलाई पूर्ण समर्थन गरेका छौं।’

नेपालविरुद्ध ब्याटिङमा ध्यान

प्रतिभाशाली रन–स्कोरर ब्रुकका लागि नेपालविरुद्धको खेल आलोचनाबाट मुक्त भएर आफ्नो ब्याटिङमार्फत जवाफ दिने अवसर हुनेछ। ‘उनको खेलले नै सबै बोलोस् भनेर उनी चाहन्छन्,’ ज्याक्सले भने।

श्रीलंकाविरुद्धको टी–२० सिरिज ३–० ले जित्दै इङ्ल्यान्ड विश्वकप सुरुआत गर्न लागेको हो। सोही सिरिजअघिको एकदिवसीय खेलमा ब्रुकले मात्र ६६ बलमा १३६ रनको विस्फोटक इनिङ्स खेलेका थिए।

‘हामी मोमेन्टमभन्दा बढी टिम एकतामा विश्वास गर्छौं,’ ज्याक्सले भने,‘ह्यारी कप्तान बनेपछि पछिल्ला १२ महिनामा हामीले राम्रो प्रदर्शन गरेका छौं। श्रीलंकाको यात्रा अर्को महत्त्वपूर्ण खुड्किलो हो।’

समूह ‘सी’ मा इङ्ल्यान्ड, नेपाल, दुईपटकको च्याम्पियन वेस्ट इन्डिज, डेब्यु टोली इटाली र स्कटल्यान्ड रहेका छन्। इङ्ल्यान्ड ‘सुपर एट’मा पुग्ने प्रबल दाबेदार मानिएको छ।

‘हामी आत्मविश्वासका साथ आएका छौं। तर, यसमा केही ग्यारेन्टी दिन सकिँदैन,’ ज्याक्सले भने,‘भारत घरेलु मैदानमा खेल्दैछ, सबैलाई थाहा छ फेभरेटको हो।’

नेपालसँग पहिलो भेट

इङ्ल्यान्ड टी–२० विश्वकपको संयुक्त रूपमा सबैभन्दा सफल टोलीमध्ये एक हो। वेस्ट इन्डिज र हालको च्याम्पियन भारतसँगै इङ्ल्यान्डले दुई पटक उपाधि जितेको छ।

पहिलो पटक पउल कोलिङवुडको कप्तानीमा र दोस्रो पटक २०२२ मा जोस बटलरको नेतृत्वमा इङ्ल्यान्ड च्याम्पियन बनेको थियो।

नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। त्यसपछि २०२४ मा वेस्ट इन्डिज–अमेरिका संयुक्त आयोजनामा दोस्रो सहभागिता जनायो। दुवै पटक नेपाल समूह चरणमै बाहिरिएको थियो।

नेपालविरुद्धको खेलअघि इङ्ल्यान्डलाई राहत मिलेको छ। ब्याट्सम्यान फिल साल्ट फिट घोषित भएका छन्। उनी जोस बटलरसँग ओपनिङ गर्नेछन्। श्रीलंकाविरुद्धको पछिल्लो खेलमा ढाड दुखाइका कारण बाहिरिएका साल्टले शुक्रबार प्रशिक्षण गरेका थिए।

त्यसलगत्तै टोलीमा स्थान बनाएका हुन्। टम ब्यान्टनले बेन डकेटलाई पछि पार्दै नम्बर चारमा ब्याटिङ गर्नेछन्। बलिङतर्फ लुक वुड, जोफ्रा आर्चर र साम करनले तीव्र आक्रमण सम्हाल्नेछन्।

स्पिन विभागमा आदिल राशिद र लियाम डसनसँगै ज्याकब बेथेल र विल ज्याक्स विकल्पका रूपमा रहनेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

Bajaj Pulsar Motorcycle Ad
दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन