मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन
सोमबार, १९ माघ २०८२खेलपाटी संवाददाता
-1770033375229.jpg&w=3840&q=75)
काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसनसँग बराबरी खेलेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले लालीगुराँससँग गोलरहित बराबरी खेलेको हो।
लिगमा मच्छिन्द्रले ५ खेलमा १२ अंक जोडेको छ। लालीगुराँसको समान खेलमा ११ अंक रहेको छ।
सोमबार नै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई चित्लाङ फुटबल क्लबले गोलरहित बराबरीमा रोकेको थियो।
लिगमा सातदोबाटोले चार खेलमा ५ अंक जोडेको छ भने समान खेलमा चितेलाङको पनि समान ५ अंक रहेको छ।











-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)