नेपालको फाइनल खेल्ने सम्भावना कायमै

काठमाडौं। भुटानलाई पराजित गर्दै नेपालले साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।
पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–० ले पराजित गरेको हो। नेपालको यो पहिलो जित हो।
पहिलो खेलमा भारतसँग नेपाल १–० ले पराजित भएको थियो। जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ।
यी दुई टोलीको समान २ खेलबाट ३ अंक छ। तर, गोलअन्तरमा नेपाल अगाडि छ। नेपालको गोलअन्तर शून्यमा छ। भारतको भने –१ छ।
भारतले भने सोमबार नै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग २–० को हार बेहोरेको थियो।
भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग भुटान १२–० ले पराजित भएको थियो।
अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ। भुटानले भने भारतसँग खेल्नेछ। अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।






-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)