चित्लाङले सातदोबाटोलाई रोक्यो

काठमाडौं। सातदोबाटो युथ क्लबलाई राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबले बराबरीमा रोकेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा सादाेबाटो र चित्लाङ फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन्।
लिगमा सादाेबाटोले चार खेलमा ५ अंक जोडेको छ भने समान खेलमा चितेलाङको पनि समान ५ अंक रहेको छ।
खेलको २१ औं मिनेट चित्लाङका लाहान सुब्बा पताङ्वाले पहेंलो कार्ड पाए।
२२औं मिनेटमा सादाेबाटोका समीर तामाङले गरेको प्रहारले लक्ष्य लिन सकेन। ३३औं मिनेटमा सादाेबाटोका बोबिर्शोह सोबिरोवले प्रहार गरेका बलले गति लिन सकेन।
४७औं मिनेटमा सादोबाटोका जगजित श्रेष्ठको क्रसमा फोडे फोफानाको हेडर गोल पोष्टको माथिबाट बाहिरियो।
७३औं मिनेटमा मिनेटमा सादोबाटोको फोडे फोफानाको पासमा जगजितले फितलो प्रहार गरेपछि गोल हुन सकेन।
दुवै हाफमा राम्रो अवसर निर्माण भएपनि दुबै टोलीले गोल गर्नबाट चुके।
खेलको निर्धारित समय र इन्जुरी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो।







-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)


-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
