आर्सनलले जित्यो महिला च्याम्पियन्स कप
-1769996814257.webp&w=3840&q=75)
काठमाडौं। केटलिन फोर्डले अतिरिक्त समयमा ‘ब्रेकअवे’ बाट निर्णायक गोल गरेपछि आर्सनलले ब्राजिलको कोरिन्थियन्सलाई ३–२ ले पराजित गर्दै पहिलो महिला च्याम्पियन्स कपको उपाधि जितेको छ।
आइतबार एमिरेट्स स्टेडियममा भएको फाइनल खेल निकै रोमाञ्चक रह्यो। दोस्रो हाफको इन्जुरी समयमा कोरिन्थियन्सकी भिक्टोरियाले मुसलधारे वर्षाबीच पेनाल्टी गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएकी थिइन्। तर, अतिरिक्त समयको १०४औं मिनेटमा फोर्डले गोल गर्दै आर्सनललाई ऐतिहासिक जित दिलाइन्।
आर्सनलका लागि नियमित समयमा ओलिभिया स्मिथ र लोटे वुब्बेन–मोयले गोल गरे। यस जितसँगै आर्सनलले अन्तरमहादेशीय प्रतियोगिताको विजेताका रूपमा झन्डै साढे दुई मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेता कोरिन्थियन्सले एक मिलियन डलर पाएको छ।
युईएफा महिला च्याम्पियन्स लिग विजेताको हैसियतमा प्रतियोगितामा प्रवेश गरेको आर्सनलले सेमिफाइनलमा मोरक्कोको एएसएफएआरलाई ६–० ले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो।
६ टोली सहभागी महिला च्याम्पियन्स कप महिला क्लब फुटबलका लागि अन्तरमहादेशीय प्रतियोगिताका रूपमा सुरु गरिएको हो। फिफाले सन् २०२८ देखि प्रत्येक चार वर्षमा आयोजना हुने १६ टोली सहभागी महिला क्लब विश्वकप पनि सुरु गर्ने तयारी गरेको छ।
च्याम्पियन्स कप भने क्लब विश्वकप हुने वर्षबाहेक हरेक वर्ष आयोजना गरिनेछ।






-1769997348347.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)





