सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एमबाप्पे फेरि निर्णायक

सोमबार, १९ माघ २०८२खेलपाटी संवाददाता
एमबाप्पे फेरि निर्णायक
mustang rice ad

काठमाडौं। किलियन एमबाप्पेले फेरि एकपटक निर्णायक भूमिका खेलेका छन्।

दोस्रो हाफको इन्जुरी समयमा उनले पेनाल्टी गोल गरेपछि रियल मड्रिडले रायो भायेकानोविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ।

आइतबार सान्टियागो बेर्नाबेउमा भएको यस जितसँगै मड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग एक अंकको दूरीमा पुगेको छ।

रियलका लागि भिनिसियस जुनियरले पनि गोल गरे। खेलको सुरुआतमा घरेलु समर्थकबाट हुटिङ खेपेका भिनिसियसले १५औं मिनेटमा दुई डिफेन्डरलाई छल्दै सानदार कर्लिङ सटमार्फत गोल गरेका थिए।

लाइनअप घोषणा हुँदा हुटिङमा परेका जुड बेलिङ्घम भने खेलको १०औं मिनेटमै बायाँ ह्यामस्ट्रिङ चोटका कारण मैदान छोड्न बाध्य भए। रियल च्याम्पियन्स लिगमा बेनफिकासँग ४–२ ले पराजित हुँदै अन्तिम १६ मा सिधै जाने अवसर गुमाएर आएको थियो।

अब टोलीले प्लेअफ चरणमा फेरि बेनफिकाको सामना गर्नेछ। खेलपछि रियलका मिडफिल्डर फेडेरिको भाल्भेर्डेले भने,‘च्याम्पियन्स लिगमा बेहोरेको हार निकै पीडादायी थियो। आज हामी त्यो छवि परिवर्तन गर्न चाहन्थ्यौं र मलाई लाग्छ हामीले उत्कृष्ट खेल देखायौं।’

बेर्नाबेउमा भएको खेल निकै तनावपूर्ण रह्यो। एमबाप्पेले इन्जुरी समयको १०औं मिनेटमा पेनाल्टीलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए। यो पछिल्ला पाँच खेलमा उनको आठौं गोल हो।

रायो भायेकानोले ४९औं मिनेटमा जोर्जे दे फ्रुटोसको गोलमार्फत बराबरी गरेको थियो। तर, ८०औं मिनेटपछि पाथे सिसलाई फाउलका कारण सिधै रातो कार्ड देखाइएपछि रायो १० खेलाडीमा सीमित भयो। अतिरिक्त समयमा पेप चाभार्रियाले दोस्रो पहेंलो कार्ड पाएर मैदान छोडे।

गत महिना जाबी अलोन्सोलाई प्रतिस्थापन गर्दै प्रशिक्षक बनेका आल्भारो अर्बेलोआको टोलीले यस जितसँगै बार्सिलोनासँगको प्रतिस्पर्धा कायम राखेको छ।

लगातार चार खेल हारिसकेको रायो भायेकानो १७औं स्थानमा झरेको छ, जुन रेलिगेसन क्षेत्रको ठीक बाहिर हो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने