शुक्रबार, २९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमबार, ०५ माघ २०८२खेलपाटी संवाददाता
शतप्रतिशत जितसहित अभिक च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् ।

कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे ।

हिमालयन च्यालेन्जर्समा शीर्ष वरीयताका अभिकले भने, ‘ब्लिज र र्यापिड चेस चलेको यो बेला क्लासिकल चेसको प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा हो । मैले पहिलोपल्ट लगातार नौ दिन खेल्न पाएँ । सबै खेल जितेपनि प्रतिस्पर्धा रोचक रह्यो । म र अरु युवा खेलाडीको स्तरबृद्धिको लागि क्लासिकल चेस महत्वपूर्ण छ र हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ ।’ १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन् ।

समापन समारोहमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, प्रमुख अथिति नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौं चजिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टिका निधि लोहनी, ललिता राई लामालगायत पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनोती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अंक जोडेर उपाधि कब्जा गरेका हुन् । उनले लगातार जितसहित अन्तिम खेल बाँकी छँदै उपाधि पक्का गरिसकेका थिए ।

सजल र सात्विकको प्रतिस्पर्धा

प्रत्येक जितमा तीन र बराबरीमा एक अंक दिने नियमानुसार सजलले ६ जित, १ बराबरी र २ हारको नतिजासँगै १९ अंक जोडे । उनले अन्तिम खेलमा सात्विकमानलाई पराजित गर्दै दोस्रो स्थान सुरक्षित गरेका थिए । उक्त खेलमा जित हात पार्नसकेको भए सात्विक दोस्रो स्थानमा उक्लिने थियो ।

आशिर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई हराउँदै तेस्रो स्थान हात पारेका हुन् । उनले ५ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै १८ अंक जोडेका हुन् । मातृभूमि स्कुलका प्रवीर केसीले पनि १८ अंक बटुले । तर, उनलाई टाइब्रेकर (बुगोल्स) मा उछिन्दै आशिर्वाद शीर्ष तीनमा रहेका हुन् । उनले अन्तिम खेलमा निहानालाई पराजित गरे ।

निहाना महिलामा प्रथम

महिलातर्फ निहाना श्रेष्ठ (१५ अंक) पहिलो भइन् । समान १५ अंक जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यू ८ तर्फ विराज सरिया (३ अंक), यू १० मा शुभांग प्रधान (१५ अंक), यू १२ मा हार्दिक पन्त (१७ अंक), यू १४ मा प्रवीर केसी (१८ अंक) र यू १६ मा विमश लोहनी (१७ अंक) प्रथम भए । अरिज राई (५ जित र ४ हारसहित १५ अंक) ले इमर्जिङ प्लेवरको अवार्ड प्राप्त गरे ।

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागि थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

नेयमारलाई लिएर नयाँ विवाद

नेयमारलाई लिएर नयाँ विवाद