सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

हिमालयन मनोज, धनगढी। लगातार दोस्रो जित निकाल्दै सुदूरपश्चिम बोइज होस्टेल नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले आँगन केक एन्ड बेकरीमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। सुदूरपश्चिमले यसअघि सत्यवती एकेडेमीलाई २ विकेटले पराजित गरेको थियो।
आँगनको भने यो पहिलो हार हो। पहिलो खेलमा आँगनले आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई ७ विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिमले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याएको आँगनले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो।
आँगनका बसन्त भट्टले सर्वाधिक ३३ रन बनाए। २५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। रमेश भट्टले ३१ रन बनाउँदा अन्यले ब्याट चलाउन सकेनन्।
सुदूरपश्चिमका निरज ऐर र नागराज सिंहले समान १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो। बाक्लो हुस्सुका कारण खेल २० बाट ११ ओभरमा झारिएको थियो।
सुदूरपश्चिमका ओपनर दीपक बोहराले सर्वाधिक १९ रन बनाए। १६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। कृश ऐर र नरेन साउदले समान १२ रन बनाए। अन्यले भने खुलेर प्रदर्शन देखाउन सकेनन्।
आँगनका हेमन्त धामी र बिरेन बमले समान २ विकेट लिए। किरण चन्द, निरञ्ज गौतम र राहुल भण्डारीको नाममा समान १ विकेट रह्यो।












-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)
-1768445380692.webp&w=3840&q=75)