आयरल्यान्डसँग लज्जास्पद हार

काठमाडौं। आईसीसी महिला टी0२० विश्वकप ग्लोबर क्यालिफायरको तयारीमा रहेको नेपालले वार्म अप खेलमा आयरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ।
बुधबार सम्पन्न खेलमा नेपाल ९९ रनले पराजित भएको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले एक ओभर बाँकी रहँदा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।
नेपालकी मध्यक्रमकी कविता जोशीले सर्वाधिक २८ रन बनाइन्। २९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्।
ओपनर विन्दु रावल २५ र कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्। अन्यको ब्याटिङ चल्न सकेन।
आयरल्यान्डका ओर्ला प्रेन्डरगास्ट, लारा म्याकब्राइड, अर्लीन केली र एमी म्यागुइरले समान २ विकेट लिइन्।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो।
आयरल्यान्डकी ओपनर गाबी लेविसले सर्वाधिक ७७ रन बनाइन्। ३८ बल खेलेकी उनले १२ चौका र २ छक्का प्रहार गरिन्।
ओर्लाले २९ बलमा ८ चौका र ३ छक्कासहित ६२ रन बनाइन्। यी दुवैले रिटायर्ड हर्ट रोजेका थिए। लेआ पल २१ रनमा रिटायर्ड हुँदा सारा फोब्स १५ र अर्लीन केली ११ रनमा आउट भए।
नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्। रिया शर्माले १ विकेट राखिन्।










-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)