लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

हिमालयन मनोज, धनगढी। लगातार दोस्रो जित निकाल्दै युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
टिकापुरले आफ्नो दोस्रो खेलमा मधेश इलिटलाई ११ रनले पराजित गरेको हो। जितसँगै समूह ‘बी’मा रहेको टिकापुरले ४ अंक जोड्यो। टिकापुर सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली हो।
यसअघि समूह ‘ए’बाट राजपुर लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ। यसअघि टिकापुरले धनगढी रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो।
टिकापुरले दिएको ९० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँलै ७८ रन मात्र बनाउन सक्यो।
मधेशका अखिलेश सर्वणले सर्वाधिक २८ रन बनाए। १३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। सुशान्त सिंह १५, राजेन्द्र बम १४ र नवीन यादव १३ रनमा आउट भए।
टिकापुरका पारस तिमल्सिना, डम्मर माझी, सोलुप चौधरी र नितेश न्यौपानेले समान १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको टिकापुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।
बाक्लो हुस्सुका कारण खेल ८ ओभरमा झारिएको थियो। टिकापुरका दिनेश रावलले सर्वाधिक ३३ रन बनाए।
१४ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। किरण ठगुन्ना २० रनमा आउट हुँदा सोलुप १८ रनमा अविजित रहे।
मधेशका नवीनले सर्वाधिक २ विकेट लिए।










-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)