रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै
मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता

विराटनगर। मोरङको रतुवामाई नगरपालिकामा खुला नकआउट टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। वडा युवा तथा खेलकुद समिति रतुवामाई ४ को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ ३ गतेबाट १० गतेसम्म सञ्चालन हुनेछ। रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले पुस ३० गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ताका लागि ६ हजार एक सय रुपैयाँ तोकिएको छ।
क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद ७५ हजार रुपैयाँ र द्धितीय पुरस्कार नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ। प्रतियोगितामा विभिन्न जिल्लाबाट १६ टिमले सहभागीता जनाउने अध्यक्ष पौडेलले बताए।










-1773311294894.jpg&w=3840&q=75)



-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)