चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

काठमाडौं। चिरञ्जीवी खड्काको कप्तानीमा हेल्प नेपालले नेपाल भलिबल संघ (एनभिए) द्वारा आयोजना हुने नवौं महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिप खेल्ने भएको छ।
प्रतियोगिता आगामी पौष ११ देखि २० गतेसम्म काठमाडौंको राष्ट्रिय खेलकुद परिषदको कभर्डहल, त्रिपुरेश्वरमा आयोजना हुँदैछ।
क्लबले प्रतियोगिताका लागि स्वदेशी तथा विदेशी खेलाडी सम्मिलित १५ सदस्यीय टिम दर्ता गराएको छ।
टिमको कप्तानी चिरञ्जीवीले गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारी उत्सव खड्काले सम्हाल्नेछन्। सहायक प्रशिक्षकमा चित्रबहादुर केसी (अमृत) रहेका छन्। टिम व्यवस्थापकका रूपमा झम्क नारायण श्रेष्ठ रहनेछन्।
क्लबले दर्ता गराएका खेलाडीहरूमा सुभाष कुँवर, चन्द्रबहादुर राना, सन्तोष राई, विष्णुबहादुर क्षेत्री, टोपबहादुर थापा (दीपक), मनीष मानन्धर, प्रदिपकुमार चौधरी, नरबहादुर सुनार (जीवन) रहेका छन्। साथै विदेशी खेलाडीका रूपमा मुबाशर रजा, फखर उद्दिन र मुहम्मद कासिफ नवेद पनि टिममा समावेश छन्।











-1766593825391.webp&w=3840&q=75)
