सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

काठमाडौं। स्टार भलिबल खेलाडी प्रतिभा माली फेरि नेपाली कोर्टमा उत्रिँदैछिन् । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गर्न लागेको नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुआतसँगै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो बलियो टिम सार्वजनिक गरेको छ ।
क्लबका प्रशिक्षक कुमार राईले उपाधि पुनः भित्र्याउने लक्ष्यसहित १६ सदस्यीय टोली घोषणा गरेका हुन् । उनले सहायक प्रशिक्षकमा ललित नाथलाई निरन्तरता दिएका छन् भने टिम व्यवस्थापकको जिम्मेवारी दिनेशकुमार श्रेष्ठले सम्हाल्नेछन् ।
पछिल्लो सिजन अस्ट्रेलियामा रहेको कारण प्रतियोगितामा देखिन नसकेकी प्रतिभा मालीको पुनरागमनले न्यु डायमन्डलाई पुनः उपाधिको प्रमुख दाबेदार बनाउने अपेक्षा राईले राखेका छन् । प्रतिभा फर्किएसँगै टोलीको आक्रमण अझ धारिलो बन्ने विश्वास गरिएको छ । यस संस्करणमा टिमको कप्तानी लिबेरो सलिना श्रेष्ठले गर्नेछिन् ।
टोलीमा राष्ट्रिय टिमका अनुभवी स्पाइकर सुमित्रा रेग्मी र सेटर प्रगती नाथको उपस्थितिले पनि सन्तुलन थपिएको छ । साथै युथ टिमबाट खेलेका जेनिशा विश्वकर्मा, अञ्जिला प्रधान, सलिना बुढामगर, निशा महरा, नमसर राना, सुनिता खत्री, रेविका लामा तामाङ र सरिका कार्कीजस्ता उदीयमान खेलाडी छन् ।











-1766593825391.webp&w=3840&q=75)
