नसारको जितमा रोनाल्डोको असिस्ट

काठमाडौं। एएफसी च्याम्पियन्स लिग टुअन्तर्गत अल–नसार क्लबले उपाधि दाबेदारीको बलियो संकेत दिँदै अल जवरा एससीलाई ५–१ गोलले पराजित गरेको छ।
बुधबार किंङ साउद युनिभर्सिटी स्टेडियममा सम्पन्न समूह ‘डी’ को खेलमा साउदी प्रो लिग क्लब प्रभावशाली जित निकाल्न सफल भयो। यस जितसँगै नसारले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै आफ्नो अभियान समाप्त गरेको छ।
खेलमा किङ्स्ले कोमानले दुई गोल गरे। पराजय बेहोरे पनि अल जवरा भने गोल अन्तरका आधारमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
यस खेलमा क्रिस्टियानो रोनाल्डोले प्रतियोगितामा आफ्नो पहिलो उपस्थिति जनाउँदै नसारको आक्रमणको नेतृत्व गरे। यता अल जवरा टोलीमा जोर्डनका खेलाडी निजार अल राशदान र अब्दल्लाह नासिब फर्किएका थिए, जसले हालै फिफा अरब कप कतार २०२५ मा सहभागिता जनाएका थिए।
खेलको सुरुआती मिनेटहरूमा अल जवरा मजबुत देखिए पनि १२औं मिनेटमा पछि पर्न पुग्यो। हुसैन फलाहले बल गुमाएपछि एन्जेलो र किङ्स्ले कोमान बीचको पास आदान–प्रदान गरे। कोमानले पहिलो टचमै बललाई दायाँ कुनामा पठाउँदै गोल गरे।
त्यसको सात मिनेटपछि अल नसरले अग्रता दोब्बर बनायो। कर्नर किक सम्हाल्न नसक्दा आएको लुज बललाई वेस्लीले सिक्स यार्ड बक्स नजिकैबाट प्रहार गर्दै जालीमा हाने।
३०औं मिनेटअघि नै नसारले तेस्रो गोल थप्यो। जोआओ फेलिक्स को कर्नरमा अब्दुलेलाह अल अम्रीले हल्का हेडरमार्फत गोल गर्दै अल जवरा गोलरक्षक जलाल हसनलाई स्तब्ध बनाए।
४४औं मिनेटमा रोनाल्डोले चौथो गोलको आधार तयार गरे। उनले बक्सभित्र चतुर लब पास दिएपछि फेलिक्सले गोलरक्षकलाई छल्दै चिप सटमार्फत गोल गरे।
दोस्रो हाफमा नसारले रोनाल्डोलाई विश्राम दिँदै मोहम्मद मार्रानलाई मैदान उतार्यो। ५०औं मिनेटमा अल जवरा एक गोल फर्काउन सफल भयो। मोहम्मद कासिमको पासमा इब्राहिम ग्बाडामोसीले गोल गर्दै गोलरक्षक बेन्तोलाई छक्याए।
तर, ५६औं मिनेटमा कोमानले फेरि गोल गर्दै नसारको चार गोलको अग्रता पुनः स्थापित गरे। फेलिक्सको डमी रनले स्थान पाएका कोमानले बललाई बायाँ कुनामा सहजै राखे। यसअघि उनको प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो।
यो जितसँगै नसारले समूह चरणमा आफ्नो दबदबा कायम राख्दै उपाधि दाबेदारी अझ बलियो बनाएको छ।






-1766593825391.webp&w=3840&q=75)






-1766583817323.jpg&w=3840&q=75)