सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नसारको जितमा रोनाल्डोको असिस्ट

बिहिबार, १० पौष २०८२खेलपाटी संवाददाता
नसारको जितमा रोनाल्डोको असिस्ट
Loading ad...
mustang rice ad

काठमाडौं। एएफसी च्याम्पियन्स लिग टुअन्तर्गत अल–नसार क्लबले उपाधि दाबेदारीको बलियो संकेत दिँदै अल जवरा एससीलाई ५–१ गोलले पराजित गरेको छ।

बुधबार किंङ साउद युनिभर्सिटी स्टेडियममा सम्पन्न समूह ‘डी’ को खेलमा साउदी प्रो लिग क्लब प्रभावशाली जित निकाल्न सफल भयो। यस जितसँगै नसारले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै आफ्नो अभियान समाप्त गरेको छ।

खेलमा किङ्स्ले कोमानले दुई गोल गरे। पराजय बेहोरे पनि अल जवरा भने गोल अन्तरका आधारमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

यस खेलमा क्रिस्टियानो रोनाल्डोले प्रतियोगितामा आफ्नो पहिलो उपस्थिति जनाउँदै नसारको आक्रमणको नेतृत्व गरे। यता अल जवरा टोलीमा जोर्डनका खेलाडी निजार अल राशदान र अब्दल्लाह नासिब फर्किएका थिए, जसले हालै फिफा अरब कप कतार २०२५ मा सहभागिता जनाएका थिए।

खेलको सुरुआती मिनेटहरूमा अल जवरा मजबुत देखिए पनि १२औं मिनेटमा पछि पर्न पुग्यो। हुसैन फलाहले बल गुमाएपछि एन्जेलो र किङ्स्ले कोमान बीचको पास आदान–प्रदान गरे। कोमानले पहिलो टचमै बललाई दायाँ कुनामा पठाउँदै गोल गरे।

त्यसको सात मिनेटपछि अल नसरले अग्रता दोब्बर बनायो। कर्नर किक सम्हाल्न नसक्दा आएको लुज बललाई वेस्लीले सिक्स यार्ड बक्स नजिकैबाट प्रहार गर्दै जालीमा हाने।

३०औं मिनेटअघि नै नसारले तेस्रो गोल थप्यो। जोआओ फेलिक्स को कर्नरमा अब्दुलेलाह अल अम्रीले हल्का हेडरमार्फत गोल गर्दै अल जवरा गोलरक्षक जलाल हसनलाई स्तब्ध बनाए।

४४औं मिनेटमा रोनाल्डोले चौथो गोलको आधार तयार गरे। उनले बक्सभित्र चतुर लब पास दिएपछि फेलिक्सले गोलरक्षकलाई छल्दै चिप सटमार्फत गोल गरे।

दोस्रो हाफमा नसारले रोनाल्डोलाई विश्राम दिँदै मोहम्मद मार्रानलाई मैदान उतार्‍यो। ५०औं मिनेटमा अल जवरा एक गोल फर्काउन सफल भयो। मोहम्मद कासिमको पासमा इब्राहिम ग्बाडामोसीले गोल गर्दै गोलरक्षक बेन्तोलाई छक्याए।

तर, ५६औं मिनेटमा कोमानले फेरि गोल गर्दै नसारको चार गोलको अग्रता पुनः स्थापित गरे। फेलिक्सको डमी रनले स्थान पाएका कोमानले बललाई बायाँ कुनामा सहजै राखे। यसअघि उनको प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो।

यो जितसँगै नसारले समूह चरणमा आफ्नो दबदबा कायम राख्दै उपाधि दाबेदारी अझ बलियो बनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि