डेलाप र एस्टेभाओको पुनरागमन
-1766593825391.webp&w=3840&q=75)
काठमाडौं। प्रिमियर लिगअन्तर्गत शनिबार स्ट्यामफोर्ड ब्रिजमा एस्टन भिल्लाविरुद्ध हुने खेलअघि चेल्सीलाई ठूलो बल मिलेको छ।
उच्च फर्ममा रहेको भिल्लाविरुद्धको खेलमा लियम डेलाप र एस्टेभाओको पुनरागमन हुन लागेको हो।
डिसेम्बर ६ मा बर्नमाउथसँगको बराबरी खेलका क्रममा काँधमा चोट लागेपछि डेलाप लामो समय मैदान बाहिर रहने अनुमान गरिएको थियो। तर, अपेक्षाभन्दा छिटो उनी फिट हुँदै टोलीमा फर्किएका छन्।
डिसेम्बर १३ मा एभर्टनविरुद्धको जितमा अन्तिम समयमा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेयता नखेलेका एस्टेभाओको पुनरागमनले पनि चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्काका लागि विकल्पहरू थप बलियो बनाएको छ।
‘एस्टेभाओ र डेलाप दुवै शनिबारका लागि उपलब्ध छन्,’ मारेस्काले बुधबार भने,‘डेलाप कति समय बाहिर रहने हुन् भन्नेमा हामीलाई ठ्याक्कै थाहा थिएन। दुवै फर्किनु निकै खुशीको कुरा हो।’
हाल चेल्सी लिग तालिकाको चौथो स्थानमा छ। तेस्रो स्थानमा रहेको भिल्लाभन्दा सात अंकले पछाडि छ।
आइतबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै भिल्लाले सबै प्रतियोगिता मिलाएर लगातार १०औं जित दर्ता गरेको थियो। उनाइ एमरीको टोली शीर्ष स्थानमा रहेको आर्सनलभन्दा तीन अंकले मात्र पछाडि छ।








-1766541370309.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)


