बेतना एफसी फाइनलमा
आइतबार, ०६ पौष २०८२खेलपाटी संवाददाता

पथरी। आयोजक सतिसालेलाई टाइब्रेकरमा हराउँदै बेतना एफसी बेलबारी फाइनलमा पुगेको छ। आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा बेतना ४–३ को टाइब्रेकरमा विजयी भएको हो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा आयोजक सतिसालेका तर्फबाट प्रवेश बस्नेत, सुमन मगर र नितेश लिम्बूले गोल गरे।
अमन लामा र विकास परियारको प्रहार बेतनाका गोलकिपर मुस्कान मगरले बचाए। बेतना एफसीका तर्फबाट किस्मत लिम्बू, बिबेक पौडेल, दिवस उराउ र रुद्र कार्कीले गोल गरे। उमेश राईको प्रहार बाहिरिएको थियो।
खेलको म्यान अफ दि म्याच बेतना एफसीका गोलकिपर मुस्कान मगर घोषित भए, जसले निर्णायक दुई पेनाल्टी बचाएर टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेले। मंगलबार हुने फाइनलमा बेतना एफसीको भिडन्त पथरी ११ सँग हुनेछ।






-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
