पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा
शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता

पथरी। डिफेन्डिङ च्याम्पियन चुलाचुली स्पोर्टिङ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पथरी–११ फुटबल क्लब सतिसाले गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न सेमिफाइनलमा पथरी–११ का मिक्सेन दास र सञ्जय लिम्बूले गोल गरे। दासले खेलको पहिलो हाफको आठौं र २१औं मिनेटमा दुई गोल गर्दै टिमलाई अग्रता दिलाए।
दोस्रो हाफको ७०औं मिनेटमा सञ्जयले थप एक गोल गर्दै जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका पथरी–११ का दास खेलका ‘म्यान अफ दी म्याच’ घोषित भए।
आइतबार हुने दोस्रो सेमिफाइनलमा आयोजक सतिसाले फुटबल क्लब र बेतना फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।











