एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) २ हजार डलर (करिब २ लाख ८८ हजार रुपैयाँ) जरिबानामा परेको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को अनुशासन तथा इथिक्स कमिटीले एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गत मलेसियाविरुद्धको खेलमा नियम उल्लंघन गरेको भन्दै उक्त जरिबाना तिराएको हो।
‘एन्फालाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा २ हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिइएको छ,’निर्णयमा भनिएको छ। नोभेम्बर १८ मा भएको उक्त खेलमा फैसल हमिमको निर्णायक गोलसँगै १० खेलाडीमा सीमित नेपाल १–० ले पराजित भएको थियो। उक्त खेलमा मिडफिल्डर लाकेन लिम्बूले रातो कार्ड पाएका थिए।
तर, नेपाली टोली पहिलो हाफको सुरुआतमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ कमिटीको ठहर छ। कमिटीको गत १५ डिसेम्बरको बैठकले उक्त ढिलाइ हुनुमा नेपाली अफिसियलाई दोषी देखाउँदै प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ अनुसार कारबाही गरेको हो।
एएफसीका अनुसार यो जरिबाना एन्फाले ३० दिनभित्र तिर्नुपर्नेछ।







-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
