शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता
अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब
Classic Tech Internet Ad

काठमाडौं। अफ्रिका कप अफ नेसन्स (एएफकन) का कारण प्रिमियर लिगका क्लबहरूबाट ठूला खेलाडीले बिदा लिएका छन्। योसँगै सिजनको मध्यभागमै ठूलो असर पार्ने देखिएको छ।

लिभरपुलले आफ्नो प्रिमियर लिग इतिहासकै सर्वाधिक गोलकर्ता मोहम्मद सलाहलाई करिब एक महिनाका लागि गुमाएको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडले आफ्नो सबैभन्दा प्रभावशाली आक्रमणकारी ब्रायन एम्बेउमोका साथै दुई अन्य प्रमुख खेलाडीलाई एएफकनमा पठाएको छ।

तर, यी क्षति नवप्रवेशी टोली सन्डरल्यान्डको अवस्थासँग तुलना गर्दा साना देखिन्छन्। अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेको सन्डरल्यान्डले एकैपटक ६ खेलाडी गुमाएको छ। यसले टोलीलाई गम्भीर धक्का पुर्‍याउने पक्का छ।

एएफकन सिजनको बीचमै आयोजना हुँदा प्रिमियर लिगमा यसको प्रत्यक्ष प्रभाव परेको हो। यस सप्ताहन्तबाट सुरु हुने खेलहरू पहिलोपटक अफ्रिकन खेलाडीबिना खेलिन लागिएक छ।

युरोपका क्लबहरूका लागि एएफकनलाई झन्झटको रूपमा लिने गरिन्छ। यो क्लबको उपाधि लक्ष्यसँग ठोक्किन्छ। यद्यपि, विश्वकप, युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिकाजस्ता ठूला प्रतियोगिता प्रायः युरोपेली लिगको अफसिजनमा आयोजना हुन्छन्। एएफकन भने परम्परागत रूपमा जनवरी–फेब्रुअरीमा हुँदै आएको छ।

यस वर्ष एएफकनलाई केही अघि सारेर आइतबारदेखि जनवरी १८ सम्म आयोजना गरिएको छ। यसले स्पेन, जर्मनी र फ्रान्सजस्ता देशका लिगहरूलाई केही राहत दिएको छ। ती देशहरूमा अब जाडो बिदा हुन्छ।

तर, प्रिमियर लिग भने क्रिसमस र नयाँ वर्षको बिदामा समेत निरन्तर खेलिन्छ, त्यसमा एफए कपको दबाब पनि थपिन्छ। लिभरपुल र म्यानचेस्टर युनाइटेडजस्ता ठूला क्लबसँग पर्याप्त विकल्प छ।

त्यसैले यस्ता टोलीले सलाह र एम्बेउमोजस्ता खेलाडीको अनुपस्थिति स्थिति सम्हाल्न सक्ने अपेक्षा गरिएको छ। तर, सिजनको उत्कृष्ट सुरुआत गर्दै शीर्ष चारभन्दा मात्र दुई अंक टाढा रहेको सन्डरल्यान्डका लागि यो ठूलो चुनौती बनेको छ।

सन्डरल्यान्डबाट आर्थर मासुआकु, नोआ सादिकी, बर्ट्रान्ड ट्राओरे, हबिब डिआरा, केम्सदिन ताल्बी र रेनिल्डो मन्डाभा एएफकनमा सहभागी हुँदैछन्। अन्य क्लबहरूमा पनि प्रभाव देखिएको छ।

क्रिस्टल प्यालेसले इस्माइला सारलाई गुमाएको छ। उनी टोलीका लागि निकै महत्त्वपूर्ण खेलाडी हुन्। ब्राइटनले मुख्य मिडफिल्डर कार्लोस बालेबालाई गुमाएको छ। तालिकाको पुछारतिर रहेको बर्नेलीले तीन खेलाडी गुमाएको छ भने फुलह्यामले पनि त्यति नै खेलाडी एएफकनमा पठाएको छ।

तर, लिग तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलबाट एएफकनमा सहभागी हुने कुनै खेलाडी छैनन्। उपाधि चुनौतीमा रहेका एस्टन भिल्ला र चेल्सी पनि यसबाट अप्रभावित छन्। यसले आगामी एक महिनामा उपाधि दौडमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

Bajaj Pulsar Motorcycle Ad
अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी