मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

मंगलबार, ०१ पौष २०८२खेलपाटी संवाददाता
भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राइटनविरुद्धको खेलमा ‘स्क्वाड’मा फर्कँदै मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेका छन्। २–० को जितमा लिभरपुलको दोस्रो गोल हुगो एकिटिकेले गरेका थिए। जसमा असिस्ट सलाहकै थियो।

तर, यस प्रदर्शनपछि पनि एनफिल्डमा इजिप्टियन स्टारको भविष्य अझै अनिश्चित बनेको छ। लिभरपुलका कप्तान भर्जिल भान डाइकले सलाह क्लबमै रहून् भन्ने चाहना व्यक्त गरेका छन्। तर, उनले अनिश्चितता रहेको कुरा स्वीकार गरेका छन्।

यस विषयमा भान डाइकले भने,‘पहिलो कुरा यो मेरो मात्र विषय होइन। यो सम्पूर्ण टोलीको कुरा हो। म मो (सलाह) सँग कुरा गर्छु, प्रायः सबै खेलाडीसँग कुरा हुन्छ। सुन्नु नै सबैभन्दा महत्त्वपूर्ण हो। यदि टोलीभित्र समस्या सिर्जना भएर प्रदर्शनमा असर पर्‍यो भने त्यो फरक कुरा हुन्छ। तर, हामी पूर्ण रूपमा एकजुट छौं र सँगै अघि बढिरहेका छौं।’

लिड्सविरुद्धको ३–३ बराबरीपछि एक अन्तर्वार्तामा असन्तोष व्यक्त गरेपछि सलाहलाई च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेलको ‘स्क्वाड’बाट बाहिर राखिएको थियो। त्यसपछि यो विषयले निकै चर्चा पाए पनि।

ब्राइटनविरुद्ध शनिबार (१३ डिसेम्बर) भएको खेलमा प्रशिक्षक आर्ने स्लटले उनलाई पुनः टोलीमा फर्काए। घाइते जो गोमेजको स्थानमा २६औं मिनेटमा मैदान प्रवेश गरेका सलाहले फर्किँदै प्रभाव जमाए। उनले लिएको कर्नरबाटै एकिटिकेले आफ्नो दोस्रो गोल गरेका थिए।

यो खेल नै सलाहका लागि लिभरपुलमा अन्तिम पनि हुन सक्छ। उनी अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट फर्कँदैछन्। योसँगै उनी एक महिनाभन्दा बढी समय इंग्ल्यान्डबाहिर रहनेछन्। यही समयले उनको दीर्घकालीन भविष्यबारे निर्णय लिने अवसर दिन सक्नेछ।

भान डाइकले भने,‘मो अफ्रिका कप अफ नेसन्स खेल्न जाँदैछ। हामी आशा गर्छौं ऊ त्यहाँ सफल हुनेछ र पक्कै पनि फर्किएर आउनेछ। यो हाम्रो लागि सिजनको बाँकी समय निकै महत्त्वपूर्ण छ। तर, फुटबलमा के हुन्छ, कसैलाई थाहा हुँदैन। म चाहन्छु ऊ यहाँ रहोस्, किनकि ऊ मेरा स्ट्राइकरहरूमध्ये एक महत्त्वपूर्ण खेलाडी हो।’

‘थ्रोन अन्डर द बस’ (दोष थोपरेको) भन्ने टिप्पणी र प्रशिक्षक स्लटसँगको सम्बन्धबारे नकारात्मक चर्चा भएपछि पनि लिभरपुलले लगातार दुई खेल जितेको छ। गत शुक्रबार (१२ डिसेम्बर) सलाहले लिभरपुलका प्रशिक्षक स्लटसँग कुरा गरेर विषय मिलाएका थिए। त्यसपछि उनलाई फेरि ‘म्याच–डे’ योजनामा समावेश गरिएको थियो।

यस हप्ताको प्रभावबारे भान डाइकले भने,‘यी कुराहरू पर्दा पछाडि सम्हाल्नुपर्छ। तर, प्रदर्शनले सबै कुरा बताउँछ हामी एकजुट छौं, यही सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम