शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता
मेसीलाई टी–२० विश्वकपको टिकट उपहार
mustang rice ad

काठमाडौं। ‘गोट इन्डिया टुर’को तेस्रो तथा अन्तिम दिन आइतबार अर्जेन्टिनाका फुटबल सुपरस्टार लिओनल मेससी दिल्लीमा रहेका थिए। दिउँसो दिल्ली पुगेपछि मेसी आफ्ना साथी खेलाडी लुइस सुआरेज र रोड्रिगो डे पउलसँगै अरुण जेटली स्टेडियम पुगे।

दिल्ली भ्रमणका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष जय शाहले मेसीलाई भारतको १० नम्बर जर्सी र टी–२० विश्वकपको टिकट उपहारस्वरूप प्रदान गरे।

मेसी स्टेडियम पुग्दा त्यहाँ ‘सेलिब्रिटी मेसी अल स्टार्स’ र ‘मिनर्भा मेसी अल स्टार्स’ बीच एक प्रदर्शनी खेल भइरहेको थियो। उक्त खेलमा मिनर्भा मेसी अल स्टार्सले सेलिब्रिटी मेसी अल स्टार्सलाई ६–० गोलले पराजित गर्‍यो।

मेसी र उनका दुई सहयात्रीको सम्मानमा अरुण जेटली स्टेडियममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा आइसीसी अध्यक्ष शाहले मेसी, सुआरेज र डे पउललाई भारतको टी–२० विश्वकप जर्सी उपहार दिएका हुन्।

उक्त कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, भारतका पूर्वफुटबल स्टार बाइचुङ भुटिया तथा अन्य उच्च पदस्थ अतिथिहरूको उपस्थिति रहेको थियो। शाहले मेसीलाई खेलाडीको नाम र जर्सी नम्बर लेखिएको भारतको जर्सी हस्तान्तरण गरे। साथै, आउँदो टी–२० विश्वकपमा भारत र अमेरिकाबीच हुने खेलको टिकट पनि उपहार दिए।

मेसी आइतबार बिहानै मुम्बईबाट दिल्ली पुग्ने कार्यक्रम थियो। दिल्लीमा केही कार्यक्रममा सहभागी भएर साँझ प्रस्थान गर्ने तालिका तय गरिएको थियो। तर, घना कुहिरो र प्रतिकूल मौसमका कारण उनको उडान ढिलो भयो। पछिल्ला केही दिनदेखि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब रहेको छ, जुन आइतबार ‘खतरनाक’ स्तरमा पुगेको बताइएको छ।

अन्ततः दिउँसो करिब २:३० बजे मेसी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। त्यहाँबाट सिधै अरुण जेटली स्टेडियमतर्फ प्रस्थान गरे। दिल्ली भ्रमणका क्रममा मेसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत